राष्ट्रिय समाचार

राष्ट्रिय आविष्कार केन्द्रको शवदाह मेसिनको सफल परीक्षण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काभ्रे , १ असार । स्वदेशमै विकसित आधुनिक शवदाह प्रविधिले महत्वपूर्ण सफलता हासिल गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको ग्यासबाट सञ्चालन हुने शवदाह मेसिनको काभ्रेको बनेपा–स्थित तीनदोबाटो घाटमा सफल परीक्षण गरिएको छ।

परीक्षणका क्रममा एक शवको अन्त्येष्टि उक्त मेसिनमार्फत सम्पन्न गरिएको थियो। यससँगै नेपालमै पहिलो पटक विकसित गरिएको यो प्रविधि व्यवहारिक प्रयोगका लागि सक्षम रहेको पुष्टि भएको केन्द्रका प्रतिनिधिहरूले बताएका छन्।

बिज्ञापन

परम्परागत दाउरा-आधारित शवदाह प्रक्रियाको विकल्पका रूपमा विकास गरिएको यो मेसिनले समय, स्रोत र वातावरणीय प्रभावलाई ध्यानमा राख्दै काम गर्ने अपेक्षा गरिएको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत अन्त्येष्टि प्रक्रियालाई थप व्यवस्थित, सहज र वातावरणमैत्री बनाउने उद्देश्य राखिएको बताइएको छ।

यो शवदाह मेसिन राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर राजु थापा को डिजाइनमा निर्माण गरिएको हो। स्वदेशी सीप, ज्ञान र प्रविधिको प्रयोगबाट तयार गरिएको यस परियोजनालाई नेपाली नवप्रवर्तन क्षमताको उदाहरणका रूपमा हेरिएको छ।

पछिल्ला वर्षहरूमा विभिन्न क्षेत्रमा स्वदेशी प्रविधिको विकासमा सक्रिय रहेको राष्ट्रिय आविष्कार केन्द्र ले यसअघि पनि स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न उपकरण विकास गर्दै आएको छ। शवदाह मेसिनको सफल परीक्षणलाई केन्द्रको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

यस प्रविधिले आगामी दिनमा देशभरका घाट तथा शवदाह स्थलहरूमा आधुनिक र वातावरणमैत्री विकल्पको सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।