पोखराको फेवाताल ड्याम नजिक सुटकेसभित्र शव फेला, अनुसन्धान सुरु

पोखरा । पोखराको ड्यामसाइडस्थित फेवातालको ड्याम नजिक आज बिहान एक सुटकेसभित्र शव फेला परेको छ।
स्थानीयवासीले शंकास्पद अवस्थामा रहेको सुटकेसभित्र शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुटकेस नियन्त्रणमा लिएको थियो।

प्रहरीले शवको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको जनाएको छ। घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
घटनाबारे थप विवरण संकलन भइरहेको तथा शव कसरी त्यहाँ पुग्यो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा चासो र त्रासको वातावरण सिर्जना गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
