घटना

कञ्चनपुरमा श्रीमतीमाथि तातो तेल खन्याउने श्रीमान् ६ महिनापछि पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर: आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई गम्भीर घाइते तथा कुरुप बनाएको आरोपमा फरार रहेका एक व्यक्तिलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ३४ वर्षीय अशोक भट्टलाई पक्राउ गरिएको हो। उनले गत २०८२ साल पुस १५ गते घरको भान्सामा सेलरोटी पकाउँदै गरेकी आफ्नी श्रीमतीमाथि तातो तेल खन्याएका थिए।

घटनामा उनकी श्रीमतीको अनुहारसहित शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते तथा कुरुप भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका भट्टविरुद्ध ‘तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

बिज्ञापन

प्रहरी टोलीले उनलाई असार ६ गते भीमदत्त नगरपालिका–४ बाट नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार पक्राउ परेका भट्टमाथि थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।