गाउँ पुर्याइदिने भन्दै मोटरसाइकलमा चढाएर, आफन्त दाइबाट बलात्कारको प्रयास

विराटनगर । मोरङको बराहक्षेत्र नगरपालिका क्षेत्रमा आफन्त दाइ पर्ने एक युवकले गाउँ पुर्याइदिने बहानामा युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। घटनापछि पीडित युवतीले प्रहरीलाई जानकारी गराएपछि स्थानीय युवाको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पीडित युवती साथीहरूसँग कोशी नदी किनारस्थित बराहक्षेत्र नगरपालिका–२ र ६ को सीमामा पर्ने पर्यटकीय क्षेत्रमा घुम्न गएकी थिइन्। घुमघाम सकेर फर्किने क्रममा उनका साथीहरू घर फर्किए भने उनी भने सफारी सवारीमार्फत घर आउने भन्दै केहीबेरपछि एक्लै जंगलको बाटो हुँदै आइरहेकी थिइन्।

सोही क्रममा गाउँकै रबिन परियारसँग उनको भेट भएको थियो। गाउँले दाइ पर्ने भएकाले रबिनले मोटरसाइकलमा गाउँसम्म पुर्याइदिने प्रस्ताव गरेपछि युवती उनीसँग मोटरसाइकलमा चढेकी थिइन्।
तर केही पर पुगेपछि रबिनले सुनसान स्थानमा मोटरसाइकल रोकेर युवतीमाथि जबर्जस्ती गर्ने प्रयास गरेका थिए । घटनाका क्रममा युवतीले प्रतिकार गर्दै त्यहाँबाट भाग्न सफल भएकी थिइन्। त्यसपछि उनले तत्काल प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएकी थिइन्।
सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको थियो। स्थानीय युवाको समेत सहयोगमा खोजतलास गर्दा आरोपित रबिन परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
