घटना

लम्कीचुहाको स्विमिङ पुलमा डुबेर युवाको मृत्यु, सुरक्षा मापदण्ड प्रभावकारी बनाउन आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्कीचुहा, ३ साउन कैलालीको लम्कीचुहा नगरपालिका–५, चौरीस्थित एक स्विमिङ पुलमा नुहाउने क्रममा हिजो एक युवाको मृत्यु भएको छ। मृतकको पहिचान सुरेश चौधरीका रूपमा भएको छ।

प्राप्त जानकारीअनुसार स्विमिङ पुलमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए। घटनापछि उद्धार गरी उपचारका लागि लैजाने प्रयास गरिए पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ।

बिज्ञापन

यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। विभिन्न व्यक्ति तथा सामाजिक संघ–संस्थाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय सुरेश चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरिएको छ।

घटनापछि स्विमिङ पुल तथा अन्य जलाशयमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने आवाज उठेको छ। सरोकारवालाहरूले यस्ता स्थानमा आवश्यक सुरक्षा मापदण्डको कडाइका साथ पालना, दक्ष उद्धारकर्मीको व्यवस्था, सुरक्षा उपकरणको उपलब्धता तथा जोखिम न्यूनीकरणका उपायहरू अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, सर्वसाधारणलाई पनि स्विमिङ पुल, नदी तथा अन्य जलाशयमा नुहाउँदा वा पौडी खेल्दा विशेष सावधानी अपनाउन र सुरक्षा नियमहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

स्थानीय प्रशासनले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।