गौरीफन्टामा रुख ढल्दा अटोरिक्सा चालक गम्भीर घाइते, आईसीयूमा उपचाररत

गौरीफन्टा, ४ साउन । भारतसँगको गौरीफन्टा नाकामा शनिबार बिहान रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्।
घटना बिहान करिब ८ बजे गौरीफन्टास्थित क्यान्टेन नजिक भएको हो। सुकेको सालको रुख अचानक ढल्दा बझाङको बित्थडचिर गाउँपालिका–७ निवासी २२ वर्षीय रोशन भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार भट्ट दुधवा टाइगर रिजर्भ क्षेत्रअन्तर्गत पर्ने सीमानाकामा यात्रु लिन अटोरिक्सा लिएर पुगेका बेला रुख ढलेको थियो।
हाल धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको टाउको, घाँटी र मेरुदण्डमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार चोटका कारण उनको शरीरको तल्लो भाग नचल्ने समस्या देखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
