सुदूरपश्चिम प्रदेश

शुक्लाफाँटामा च्याउ खोज्न गएका १४ महिला २४ घण्टापछि सकुशल घर फर्किए

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका भीमदत्त नगरपालिका–१९ का १४ महिला करिब २४ घण्टापछि सकुशल घर फर्किएका छन्।

उनीहरू सोमबार दिउँसो करिब १२ः१५ बजे आफैँ घर पुगेको भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीले जानकारी दिए।

बिज्ञापन

वडाध्यक्ष चौधरीका अनुसार महिलाहरू निकुञ्जभित्र प्रवेश गरेपछि जंगलको बाटो पहिचान गर्न नसक्दा हराएका थिए। उनीहरू आइतबार बिहान च्याउ खोज्न घरबाट निस्किएका थिए।

हराउनेमा दशरथ टोलका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका थिए। उनीहरू ९ र ५ जनाको दुई समूह बनाएर निकुञ्ज प्रवेश गरेका थिए।

उनीहरूसँग सम्पर्क विच्छेद भएपछि आइतबार रातिदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। महिलाहरू सकुशल फर्किएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालासहितको टोली उनीहरूलाई भेट्न बागफाँटा पुगेको छ।

यसैबीच, च्याउ खोज्ने क्रममा हराएका बेलडाँडी गाउँपालिका–३ का तीन महिलाको पनि सकुशल उद्धार गरिएको छ। नेपाली सेनाको टोलीले लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरीलाई निकुञ्ज क्षेत्रबाट सुरक्षित रूपमा फेला पारेर उद्धार गरेको हो।

तीनै महिला पनि आइतबार च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका बेला बाटो बिराएर सम्पर्कविहीन भएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।