सुदूरपश्चिम प्रदेश

सेती लोकमार्गमा तीन रणनीतिक पुल निर्माण प्रक्रिया अघि बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ५ साउन । सेती लोकमार्ग अन्तर्गत कैलाली, डोटी र अछाम जोड्ने तीन महत्वपूर्ण स्थानमा पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।

ठेक्का प्रक्रिया अगाडि बढाइएका पुलहरूमा कैलाली–डोटी सिमानास्थित ठुलीगाड, डोटी–अछाम सिमानास्थित सेल्लीगाड, तथा बैनियाबाट करिब ८ किलोमिटर अगाडि पर्ने मराम खोला रहेका छन्।

बिज्ञापन

यी पुलहरूको निर्माण सम्पन्न भएपछि अछाम जिल्लासँगको सडक सञ्जाल थप सहज, सुरक्षित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ। साथै, वर्षायाममा हुने आवागमनका समस्या न्यूनीकरण भई यात्रु तथा सवारीसाधनको आवतजावत नियमित हुने विश्वास गरिएको छ।

पुल निर्माणसँगै सेती लोकमार्गको प्रभावकारी सञ्चालनमा टेवा पुग्ने, स्थानीय कृषि, व्यापार, पर्यटन तथा अन्य आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने तथा समग्र क्षेत्रीय विकासले थप गति लिने सम्बन्धित सरोकारवालाहरूले बताएका छन्।

सेती लोकमार्गलाई सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण रणनीतिक सडकका रूपमा हेरिएको छ। यस अन्तर्गतका पूर्वाधार निर्माणले दुर्गम क्षेत्रका नागरिकलाई सहज यातायात सुविधा उपलब्ध गराउनुका साथै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।