घटना

अछाम जाँदै गरेको फोर्स दैलेखमा दुर्घटनाग्रस्त, चार जनाको उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख, १३ साउन । सुर्खेतबाट अछामतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ८ बजे गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो। दुर्घटनापछि गाडी सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

गाडीमा चालकसहित छ जना सवार रहेकामा दुई जना सकुशल रहेका छन् भने चार जना घाइते भएका छन्। घाइतेमध्ये अछामको कमलबजार नगरपालिका–६ हात्तिबाजका चक्र शाही र सुमन शाहीको पहिचान खुलेको छ। अन्य दुई घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।

दुर्घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

दुर्घटनापछि केही समय उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको थियो। प्रहरीले चालक, सवारीसाधनको अवस्था तथा दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।