टीकापुर महोत्सवको आय–व्यय अन्ततः सार्वजनिक, ढिलाइबारे उठेका प्रश्नको जवाफ

टीकापुर, १४ साउन । टीकापुर उद्योग वाणिज्य संघले टीकापुर महोत्सव–२०८२ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। महोत्सव सम्पन्न भएको लामो समयपछि मात्रै विवरण सार्वजनिक गरिएकाले ढिलाइको विषयलाई लिएर स्थानीयस्तरमा प्रश्न उठेको छ।
स्थानीयवासीले महोत्सव सकिएको महिनौं बित्दासमेत आय–व्यय सार्वजनिक नगर्दा पारदर्शितामाथि चासो व्यक्त गर्दै आएका थिए। आज संघले आय–व्यय विवरण सार्वजनिक गरेपछि ढिलाइको कारणबारे पनि जिज्ञासा व्यक्त भएको छ।
यस विषयमा संघले भने महोत्सवसँग सम्बन्धित केही रकम उठाउन बाँकी रहेकाले अन्तिम हिसाब तयार गर्न समय लागेको जनाएको छ। सबै बाँकी रकम संकलन भएपछि मात्रै अन्तिम आय–व्यय सार्वजनिक गर्ने निर्णयअनुसार प्रक्रिया अघि बढाइएकाले विवरण सार्वजनिक गर्न ढिलाइ भएको संघको भनाइ छ।
संघका अनुसार अहिले सार्वजनिक गरिएको विवरण नै महोत्सवको अन्तिम आय–व्यय हो। विवरणमा महोत्सवबाट भएको कुल आम्दानी, विभिन्न शीर्षकमा भएको खर्च तथा बाँकी रकमको विवरण समावेश गरिएको छ।
आय–व्यय सार्वजनिक भएसँगै महोत्सवको आर्थिक पक्षबारे उठेका जिज्ञासाको औपचारिक जवाफ दिइएको संघले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
