गोलबजार तनावग्रस्तः प्रदर्शन उग्र बन्दा एबी मलमा आगजनी, कर्फ्यु जारी

सिरहा, १४ साउन । सिरहाको गोलबजार क्षेत्रमा जारी प्रदर्शन हिंसात्मक बनेपछि एबी मलमा आगजनी गरिएको छ। प्रदर्शनकारीले गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित मलमा आगो लगाएका हुन्।
प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा लिन सिरहाका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। आगजनी र तोडफोडका घटनापछि बजार क्षेत्र तनावग्रस्त बनेको छ भने स्थानीयवासी त्रसित भएका छन्।
प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै प्रदर्शनकारीलाई तितरबितर पारेर अवस्था सामान्य बनाउन प्रयास गरिरहेको जनाएको छ। घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
