राष्ट्रिय समाचार

सीमामा ‘हाइ अलर्ट’, परिचयपत्र बिना नेपाल प्रवेश रोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

विराटनगर । सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका सबै प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

कोशी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकपछि सुरक्षा निकायले सीमा क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गर्दै भारतबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिका लागि परिचयपत्र (आईडी कार्ड) अनिवार्य गरेको हो। वैध परिचयपत्र भएका व्यक्तिलाई मात्रै नेपाल प्रवेश गर्न दिइने जनाइएको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सम्भावित घुसपैठ, अवैध हातहतियार र लागुऔषध ओसारपसार रोक्न सीमा क्षेत्रमा अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गरिएको जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक संगठनको आवरणमा केही समूह नेपाल प्रवेश गर्न सक्ने सूचनापछि सीमा नाकामा निगरानी थप कडा बनाइएको बताए।

गत आइतबार देवानगन्जमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने २२ जनाभन्दा बढी घाइते भएका थिए। त्यसयता सुनसरीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन र तनावका घटना भएपछि सुरक्षा सतर्कता बढाइएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।