टीकापुर

जनगुनासोपछि भाइरल झोलुङ्गे पुलमा सुधार सुरु, सांसद चौधरीले लिए जानकारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १४ साउन । टीकापुरको दौलतपुरघाटस्थित निर्माणाधीन झोलुङ्गे पुलको गुणस्तर र सुरक्षासम्बन्धी व्यापक जनगुनासो आएपछि प्रदेशसभा सांसद लक्ष्मणकिशोर चौधरीले निर्माण कम्पनीसँग छलफल गरेका छन्।

सांसद चौधरीले आज बिहान पुल परिसरमै पुगेर निर्माणको जिम्मा पाएको थानी निर्माण सेवा प्रालिका सञ्चालक विक्रम बस्नेतसँग पुलको प्राविधिक अवस्थाबारे छलफल गरेका हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमा पुलको निर्माण गुणस्तर र सुरक्षालाई लिएर विभिन्न प्रश्न उठ्न थालेपछि सांसद चौधरीले स्थलगत अनुगमन गर्दै निर्माण पक्षसँग आवश्यक जानकारी लिएका थिए। छलफलका क्रममा पुल निर्माणमा देखिएका प्राविधिक पक्ष, पिलरको अवस्था तथा आवश्यक सुधारका विषयमा विस्तृत कुराकानी भएको जनाइएको छ।

छलफलपछि पुलका पिलरको जग (फाउन्डेसन) वरिपरि रहेको माटोलाई जेसीबी प्रयोग गरी सम्याउने कामसमेत सुरु गरिएको छ। निर्माणस्थलमा आवश्यक सुधार गर्दै पुललाई सुरक्षित, गुणस्तरीय र दीर्घकालीन बनाउने विषयमा निर्माण कम्पनीलाई निर्देशन दिइएको सांसद चौधरीले बताएका छन्।

उनले जनताको सुविधा र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्माण कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिँदै जनगुनासोलाई गम्भीर रूपमा लिइएको बताए।

निर्माण कम्पनीका सञ्चालक विक्रम बस्नेतले उठेका गुनासोका विषयमा आवश्यक प्राविधिक सुधार गरिने र निर्धारित मापदण्डअनुसार निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।