घटना

स्कुल बसभित्रै कक्षा ११ का विद्यार्थीमाथि चार पटक खुकुरी प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । दाङको तुलसीपुरमा स्कुल बस रोकेर एक विद्यार्थीमाथि खुकुरी प्रहार गरिएको छ। मोटरसाइकलमा आएका दुई युवाले तुलसीपुर उपमहानगरपालिका–८ गहते खोलानजिक बस रोकेर विद्यार्थीमाथि आक्रमण गरेका हुन्।

घटना बिहीबार बिहान ग्रेट अरनिको माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बसमा भएको हो। विद्यालयका अनुसार कक्षा ११ मा अध्ययनरत नयन वलीमाथि बसभित्रै चार पटक खुकुरी प्रहार गरिएको छ।

विद्यालयका प्रिन्सिपल विष्णु देवकोटाका अनुसार तुलसीपुर–१ भमकेबाट सञ्चालन हुने विद्यालय बस गहते खोलामा पुगेका बेला मोटरसाइकलमा आएका दुई युवकले बस रोकेर भित्र प्रवेश गरेका थिए। उनीहरूले बसको पछाडितर्फबाट वलीमाथि लगातार खुकुरी प्रहार गरी घटनास्थलबाट फरार भएका थिए।

आक्रमण रोक्न बस चालकले उनीहरूलाई नियन्त्रणमा लिन खोजे पनि सफल हुन नसकेको प्रिन्सिपल देवकोटाले बताए।

घटनाका बेला बसमा सवार एक छात्रा आत्तिएर बेहोस भएकी थिइन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसइबीका कारण आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ। घाइते विद्यार्थीको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।