राजनीति

राप्रपाका युवा नेता विराज विष्टले छाडे पार्टी, ‘अब जनताको सेवामा स्वतन्त्र रूपमा अघि बढ्छु’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कैलालीका युवा नेता विराज विष्टले पार्टीको साधारण सदस्यसमेत नरहने गरी औपचारिक रूपमा पार्टी परित्याग गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) का पूर्व सचिव रहेका विष्टले बिहीबार पत्रकार सम्मेलन गर्दै बदलिँदो राजनीतिक परिस्थिति र आफ्नो नयाँ वैचारिक यात्राका कारण पार्टी छाड्ने निर्णय गरेको बताएका हुन्।

करिब चार वर्ष राप्रपामा सक्रिय रहँदै राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता र जनअधिकारका पक्षमा काम गरेको उल्लेख गर्दै विष्टले समयसँगै आफ्नो राजनीतिक सोच र समाजसेवाको दृष्टिकोणमा परिवर्तन आएको बताए। अब जनताको हितका लागि फरक ढंगले काम गर्ने समय आएको उनको भनाइ छ।

पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गर्दै उनले राप्रपाको नेतृत्व, सहकर्मी, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरे। पार्टीमा रहँदा प्राप्त साथ, विश्वास र अनुभवलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण सम्पत्तिका रूपमा स्मरण गर्ने उनले बताए।

पार्टी सदस्यता त्यागे पनि सामाजिक र सार्वजनिक जीवनबाट पछि नहट्ने स्पष्ट पार्दै विष्टले सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी, स्थानीय विकास र जनसरोकारका मुद्दामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए। सत्य, निष्पक्षता र समाज रूपान्तरणलाई आफ्नो आगामी यात्राको आधार बनाउने उनको भनाइ छ।

यद्यपि उनले तत्काल कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने स्पष्ट पारेका छन्। यसले आगामी दिनमा उनी स्वतन्त्र राजनीतिक तथा सामाजिक अभियानमार्फत अघि बढ्ने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।