घटना

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ। सरकार र पीडित पक्षबीच भएको वार्तापछि राहत, न्याय र पुनर्स्थापनासम्बन्धी विभिन्न विषय समेटेर सहमति भएको हो।

सहमतिअनुसार झडपमा ज्यान गुमाएका दुवै युवकलाई सरकारले सहिद घोषणा गर्ने भएको छ। साथै, मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

यस्तै, घटनामा संलग्न दोषीमाथि निष्पक्ष अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ। मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

सात बुँदे सहमतिअन्तर्गत घटनाको छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने, पीडित परिवारलाई न्याय सुनिश्चित गर्ने तथा घटनामा ज्यान गुमाएका युवाको सम्झनामा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।

सरकार र पीडित परिवारबीच भएको सहमतिसँगै घटनापछि उत्पन्न तनाव समाधान हुने अपेक्षा गरिएको छ। सहमतिका सबै बुँदाको प्रभावकारी कार्यान्वयन गर्दै पीडित परिवारलाई न्याय दिलाउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।

यसअघि देवानगञ्ज गाउँपालिकामा भएको झडपका क्रममा दुई युवकको मृत्यु भएपछि स्थानीयवासीले दोषीलाई कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई सहिद घोषणा गर्न माग गर्दै आन्दोलन गर्दै आएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।