धनगढीमा मोटरसाइकलमाथि विद्युत पोल खस्दा महिला गम्भीर घाइते
लोक कल्याणकारी विज्ञापन

धनगढी, १८ साउन । कैलालीको धनगढीमा गुडिरहेको मोटरसाइकलमाथि विद्युतको पोल खस्दा एक महिला गम्भीर घाइते भएकी छन्।
लोक कल्याणकारी विज्ञापन

घाइते हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ निवासी आशाकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। हाल उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार आशाकुमारी श्रीमान् राजकुमार चौधरीसँग मोटरसाइकलमा ज्याला मजदुरीका लागि जाँदै गरेकी थिइन्। सोही क्रममा अचानक विद्युतको पोल मोटरसाइकलमाथि खसेर दुर्घटना भएको हो।
बिज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक राजकुमार चौधरी भने सकुशल रहेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

