कैलाली

बजेट सकिदा पनि जानकीका ग्रामीण सडक बेहाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जानकी (लट्कनिया ), १८ साउन । कैलालीको जानकी गाउँपालिकामा बजार क्षेत्रमा सडकबत्ती जडान र सौन्दर्यीकरणका काम भए पनि ग्रामीण सडकको अवस्था भने वर्षौंदेखि सुधार हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन्।

विशेषगरी जानकी–७ अन्तर्गत लट्कनिया भुल टोलदेखि विलासपुर जाने सडक वर्षायाममा हिलाम्मे हुने, खाल्डाखुल्डीका कारण आवतजावतमा समस्या हुने गरेको स्थानीयको भनाइ छ। विकासका नाममा प्रचारमुखी योजनालाई प्राथमिकता दिइएको तर आधारभूत पूर्वाधारमा पर्याप्त ध्यान नपुगेको उनीहरूको आरोप छ।

यता गाउँपालिका अध्यक्ष गणेश चौधरीले सडक समस्याबारे आफूहरू जानकार रहेको बताउँदै चालु आर्थिक वर्षमै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।