अनौठो

काठमाडौंको सडकमा बाजा बजाउँदै सहयोग जुटाइरहेकी रुसी युवती चर्चामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ, १८ साउन । काठमाडौको न्यूरोड क्षेत्रमा एक रुसी युवती सडक किनारमा बाजा बजाउँदै स्वेच्छिक सहयोग संकलन गरिरहेको दृश्यले सर्वसाधारणको ध्यान तानेको छ।

‘लिरा’ नाम बताउने ती युवतीले ह्यान्डप्यान (स्टिल टङ ड्रम) बजाउँदै सडकमा संगीत प्रस्तुत गरिरहेकी छन्। उनले आफ्नो छेउमा राखेको प्लेकार्डमा आफू रुसबाट आएको, विगत पाँच वर्षदेखि विभिन्न देशको यात्रा गरिरहेको र अब उज्बेकिस्तानतर्फ जाने उल्लेख गरेकी छन्। प्लेकार्डमा उनले आफ्नो इन्स्टाग्राम आइडी पनि राखेकी छन्।

लिराका अनुसार उनी विभिन्न देशको यात्रा गर्ने क्रममा सडकमा संगीत प्रस्तुत गर्दै मानिसहरूले स्वेच्छाले दिएको सहयोगबाट यात्रा खर्च जुटाउने गर्छिन्। यही माध्यमबाट उनले आफ्नो विश्व भ्रमणलाई निरन्तरता दिइरहेकी छन्।

विदेशी नागरिक आर्थिक रूपमा सम्पन्न हुन्छन् भन्ने आमधारणाबीच काठमाडौंको सडकमा बाजा बजाउँदै सहयोग संकलन गरिरहेको उनको उपस्थितिले धेरैको चासो बढाएको छ। मुस्कुराउँदै संगीत प्रस्तुत गरिरहेकी लिराले न्यूरोड क्षेत्रमा यात्राको वैकल्पिक शैली र जीवनशैलीबारे नयाँ चर्चा समेत सुरु गराएकी छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।