कृषि

रानीकुला सिँचाइ पानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयन, वीरबहादुर खत्री अध्यक्षमा निर्वाचित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ साउन । कृषकहरूको सिँचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गठित रानीकुला सिँचाइ पानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट वीरबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन्।

यसैगरी समितिको उपाध्यक्षमा डम्मर घर्ती, कोषाध्यक्षमा विष्णु खत्री तथा सदस्यमा सेरबहादुर साउद पहाडीपुर निर्वाचित भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पनि निर्वाचन प्रक्रियामार्फत चयन गरिएको जनाइएको छ।

निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई कृषक, स्थानीयवासी तथा सरोकारवालाले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

रानीकुला सिँचाइ प्रणाली यस क्षेत्रका किसानका लागि प्रमुख सिँचाइ स्रोतका रूपमा रहेको छ। यस कुलामार्फत खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। नयाँ नेतृत्वले कुलाको नियमित मर्मतसम्भार, पानीको न्यायोचित वितरण, सिँचाइ प्रणालीको संरक्षण तथा कृषकका समस्या समाधानमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष वीरबहादुर खत्रीले कृषकहरूको हितलाई केन्द्रमा राखेर समितिलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कुलाको संरक्षण, सिँचाइ व्यवस्थापनलाई थप व्यवस्थित बनाउने तथा सबै उपभोक्तासँग समन्वय गरेर कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने गरी काम गर्ने बताए।

स्थानीय कृषकहरूले पनि नयाँ नेतृत्वले रानीकुला सिँचाइ प्रणालीलाई थप व्यवस्थित बनाई पानी वितरणमा समानता कायम गर्ने, कुलाको दीर्घकालीन संरक्षण गर्ने तथा कृषि उत्पादन बढाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।