राजनीति

सुदूरपश्चिमका समस्या लिएर जतिबेला आए पनि हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २० साउन । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका विकास निर्माणसँग सम्बन्धित समस्या र जनताका सरोकारका विषय लिएर जुनसुकै बेला आफूलाई भेट्न आउन आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिमबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले प्रदेशका आवश्यकता र विकासका प्राथमिकताबारे खुला रूपमा छलफल भएको बताए। उनले सुदूरपश्चिमका विकास आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक समन्वयका लागि प्रधानमन्त्री कार्यालय सधैं तयार रहने विश्वास दिलाए।

भेटका क्रममा रास्वपाका सांसदहरूले सुदूरपश्चिममा देखिएका सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार विकास तथा अन्य जनजीविकासँग सम्बन्धित समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले प्रदेशका विभिन्न योजनालाई शीघ्र कार्यान्वयन गर्न र बजेट तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता हटाउन आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले सुदूरपश्चिमका जनताका समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्ने बताएका थिए। उनले जनप्रतिनिधिहरूले स्थानीय तह र प्रदेशका वास्तविक समस्या लिएर जतिबेला आए पनि आफू छलफल गर्न र आवश्यक निर्णय लिन तयार रहेको आश्वासन दिए।

भेटमा सुदूरपश्चिमको समग्र विकास, पूर्वाधार विस्तार, सेवा प्रवाहमा सुधार तथा संघीय सरकार र जनप्रतिनिधिबीच समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।