अनौठो

चन्द्रमामा ठोक्किँदै स्पेसएक्सको रकेटको अवशेष, ठूलो धुलोको बादल उठ्ने अनुमान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं, २० साउन । अन्तरिक्षमा करिब एक वर्षदेखि अनियन्त्रित रूपमा परिक्रमा गरिरहेको स्पेसएक्सको फाल्कन–९ रकेटको दोस्रो चरण बुधबार चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ। वैज्ञानिकहरूले यो घटनालाई अन्तरिक्ष फोहोर र त्यसको व्यवस्थापनसँग जोडिएको महत्वपूर्ण घटनाका रूपमा हेरेका छन्।

रोयटर्सका अनुसार उक्त रकेटको भाग सन् २०२५ को जनवरीमा फायरफ्लाइ एयरोस्पेसको चन्द्र अवतरण यान प्रक्षेपणका क्रममा प्रयोग गरिएको फाल्कन–९ रकेटको दोस्रो चरण हो। मिसन पूरा भएपछि आवश्यक नियन्त्रणमा फर्काउन नसकिएकाले यो अन्तरिक्षमै अनियन्त्रित रूपमा घुमिरहेको थियो।

करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम तौल भएको उक्त रकेटको अवशेष अमेरिकी पूर्वी समयअनुसार बुधबार बिहान २:३५ बजे (नेपाली समयअनुसार दिउँसोतिर) चन्द्रमाको सतहमा ठोक्किने प्रक्षेपण गरिएको छ।

वैज्ञानिकहरूका अनुसार रकेटको यो भाग करिब ८ हजार ६९० किलोमिटर प्रतिघण्टाको वेगमा चन्द्रमामा ठोक्किनेछ। त्यसबाट चन्द्र सतहमा ठूलो परिमाणमा धुलो उड्ने अनुमान गरिएको छ। सूर्यको प्रकाश पर्दा धुलोको बादल केही समयका लागि देखिन सक्ने भए पनि पृथ्वीबाट नाङ्गो आँखाले त्यसलाई अवलोकन गर्न भने सम्भव नहुने बताइएको छ।

अनुसन्धानकर्ताहरूले यस्तो ठोक्किने घटनाबाट चन्द्रमाको सतहको बनावट, धुलोको फैलावट तथा प्रभावबारे थप अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन्। साथै, पृथ्वीको कक्षाबाहिर छोडिने अन्तरिक्ष यान तथा रकेटका अवशेषको व्यवस्थापनलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा भइरहेको बहसलाई पनि यस घटनाले थप महत्व दिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।