घटना

इटहरीमा १७ वर्षीय युवक मृत फेला परेपछि सौतेनी आमा, बुबा र काका प्रहरी नियन्त्रणमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इटहरी, २१ साउन । इटहरीमा १७ वर्षीय एक युवक आफ्नै घरमा मृत फेला परेको घटनामा प्रहरीले उनका परिवारका तीन सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मृतक सरोज न्यौपाने आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। घटनापछि उनका साथीहरू र स्थानीयवासीले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यसपछि प्रहरीले सौतेनी आमा मुना न्यौपाने, बुबा र काकालाई बुधबार नियन्त्रणमा लिएको हो।

मृतकका साथीहरूले सरोजले लामो समयदेखि परिवारबाट मानसिक तथा शारीरिक दुर्व्यवहार भोग्दै आएको र खानासमेत पर्याप्त रूपमा नपाउने अवस्था रहेको आरोप लगाएका छन्। उनीहरूले यही कारणले सरोजले आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गर्दै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

प्रहरीले भने घटनाका सबै पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ। नियन्त्रणमा लिइएका तीन जनामाथि सोधपुछ भइरहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्रै खुल्ने भएकाले कुनै निष्कर्षमा पुग्नुअघि अनुसन्धानको नतिजा पर्खनुपर्ने प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।