घटना

भजनीमा मोटरसाइकल सालको रुखमा ठोक्किँदा चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली ४ भाद्र । कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भजनी नगरपालिका–४ कुडीस्थित भजनी–सुख्खड सडकखण्डमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा भजनी नगरपालिका–१ मधुवन शिविरका करिब ३० वर्षीय मुकेश चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार धनौराबाट भजनीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल राति करिब ९ बजे सडक छेउमा रहेको सालको रुखमा ठोक्किएको थियो।

दुर्घटनापछि मोटरसाइकल सडकबाट करिब २० मिटर तल नालीमा पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते चौधरीलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। तर, चिकित्सकले राति करिब ९ः४० बजे उनलाई मृत घोषणा गरेका थिए।

चौधरीको शव प्राथमिक स्वास्थ्य केन्द्र भजनीमै राखिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।