बर्दियाको राजापुरमा ७० करोड लगानीमा मदिरा उद्योग स्थापना हुँदै
लोक कल्याणकारी विज्ञापन

राजापुर, ८ भाद्र । बर्दियाको राजापुरमा करिब ७० करोड रुपैयाँ लगानीमा मदिरा उद्योग स्थापना हुने भएको छ। हिमालयन लिक्विर्स प्रालिका अध्यक्ष यज्ञबहादुर ओलीको नेतृत्वमा उद्योग स्थापना गर्न लागिएको हो।
लोक कल्याणकारी विज्ञापन

उद्योग स्थापनाका लागि करिब ५६ करोड रुपैयाँ बैंक ऋण लिने तयारी गरिएको जनाइएको छ। बाँकी रकम कम्पनी तथा अन्य स्रोतबाट व्यवस्थापन गरिने बताइएको छ।
लोक कल्याणकारी विज्ञापन

प्रस्तावित उद्योगले वार्षिक १ करोड लिटर मिश्रित मदिरा उत्पादन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, उद्योगबाट वार्षिक १० हजार किलोलिटर स्पिरिट उत्पादन गर्ने योजना रहेको जनाइएको छ।
बिज्ञापन

उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै औद्योगिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। राजापुर क्षेत्रमा ठूलो लगानीको उद्योग स्थापना हुनुलाई स्थानीयले आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण कदमका रूपमा लिएका छन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

