घोडाघोडीमा सर्पदंशबाट १६ वर्षीय बालकको मृत्यु

घोडाघोडी, ८ भाद्र । कैलालीमा विषालु सर्पको डसाइबाट १६ वर्षीय बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–८ दिपनगरका धनुष तिवारीको सर्पदंशबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार भदौ ४ गते राति घरमै सुतिरहेका बेला धनुषलाई हातमा विषालु सर्पले डसेको थियो। सर्पले डसेपछि तत्काल उनलाई घोडाघोडी नगरपालिका–११ बडैपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
उक्त उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनुषलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो। अस्पतालमा उपचार भइरहेका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्पदंशका घटना बढिरहेको अवस्थामा राति सुत्दा विशेष सावधानी अपनाउन तथा सर्पले डसेमा तत्काल नजिकको सर्पदंश उपचार केन्द्र वा स्वास्थ्य संस्थामा पुर्याउन चिकित्सकहरूले आग्रह गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
