टीकापुर

भदौ ७ को पीडाबाट पाठ सिक्दै टीकापुरमा सामाजिक सद्भाव र एकताको आह्वान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ८ भाद्र । दाङका सुरेन्द्र चौधरीले टीकापुरमा आयोजित कार्यक्रममा भदौ ७ को घटनालाई स्मरण गर्दै सामाजिक सद्भाव, एकता र सहकार्यको आवश्यकता औँल्याएका छन्।

लोक कल्याणकारी विज्ञापन

चौधरीले आफ्नो सम्बोधनका क्रममा विगतको घटनालाई उत्तेजना होइन, इतिहासबाट पाठ सिक्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। उनले भदौ ७ टीकापुरका लागि तीतो अतीत भएको उल्लेख गर्दै अब विगतका घटनाबाट ऐतिहासिक पाठ सिकेर अघि बढ्नुपर्ने बताएका छन्।

लोक कल्याणकारी विज्ञापन

उनले टीकापुरलाई समृद्धिको बाटोमा अघि बढाउन थारु, पहाडी तथा सबै समुदायबीच हातेमालो र सहकार्य आवश्यक रहेको बताए। समाजमा विभाजनभन्दा एकता र आपसी सद्भावलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

बिज्ञापन

समाज मिलाउने जिम्मेवारी सबैको भए पनि रेशम चौधरीको भूमिका अझ महत्वपूर्ण रहेको उल्लेख गर्दै सुरेन्द्र चौधरीले रेशम चौधरीलाई समाजमा मेलमिलाप र सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

उनले भने, “रेशमजी, समाज मिलाउनुस्।”

भदौ ७ को घटनालाई बिर्सनुभन्दा त्यसबाट पाठ सिक्दै भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन सबै समुदाय जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

टीकापुरको विकास, समृद्धि र सामाजिक सद्भावका लागि विगतका तीतो अनुभवलाई पछाडि छाड्दै थारु, पहाडी र अन्य सबै समुदायबीच सहकार्य र विश्वासको वातावरण निर्माण गर्नुपर्ने सन्देश चौधरीको सम्बोधनले दिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन