घटना

आफ्नै साथीबाट अशोकको हत्या, गर्भवती श्रीमती र तीन छोराको बिचल्ली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ढोरपाटन, ८ भाद्र । बागलुङको ढोरपाटन नगरपालिकाका ३६ वर्षीय अशोक खत्रीको आफ्नै साथीहरूबाट हत्या भएको छ। केही दिनअघि कामका लागि घरबाट निस्किएका अशोकको ज्यान गएपछि उनको परिवार गहिरो संकटमा परेको छ।

अशोक परिवारका एक्लो कमाउने व्यक्ति थिए। उनको मृत्यु भएपछि आर्थिक रूपमा कमजोर परिवारको दैनिक गुजारा चलाउनसमेत समस्या भएको छ।

मृतक अशोकका १४, ९ र ७ वर्षका तीन छोराछोरी छन्। उनकी श्रीमती दिलमाया भण्डारी गर्भवती रहेको परिवारले जनाएको छ। श्रीमान्को मृत्यु भएपछि गर्भवती दिलमाया तीन छोराको पालनपोषण र परिवारको भविष्यको चिन्तामा परेकी छन्।

अशोकको मृत्युले परिवारमा आर्थिक संकटसँगै ठूलो भावनात्मक पीडा थपिएको छ। आम्दानीको स्रोत गुमेपछि दैनिक आवश्यकतादेखि काजकिरियासम्मका खर्च व्यवस्थापन गर्न परिवारलाई कठिनाइ भइरहेको बताइएको छ।

आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारलाई तत्काल सहयोग र राहतको आवश्यकता रहेको स्थानीयले बताएका छन्। अशोकको निधनपछि बेसहारा बनेको परिवारलाई राज्य, स्थानीय तह, सामाजिक संघसंस्था तथा सहयोगी मन भएका व्यक्तिहरूले सक्दो सहयोग गर्नुपर्ने आवाज उठेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।