रसुवामा आएको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी, ११ भाद्र । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन भएकी छन्।
परिवारका अनुसार शाही आज बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। उनी रसुवास्थित एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखामा कार्यरत रहेको बताइएको छ।
बाढीका कारण शाही कार्यरत लघुवित्तको शाखा कार्यालयमा समेत पूर्ण रूपमा क्षति पुगेको जनाइएको छ। शाखा आसपासको क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएपछि शाहीको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ।
शाहीसँग सम्पर्क हुन नसकेपछि परिवारले उनको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गरिदिन आग्रह गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
