नुवाकोटको वेत्रावतीबाट एउटै परिवारका १० जना सम्पर्कविहीन

नुवाकोट । नुवाकोटको वेत्रावतीबाट एउटै परिवारका १० जना सदस्य भदौ १० गतेदेखि सम्पर्कविहीन भएपछि जापानमा रहेका आफन्तहरू चिन्तित बनेका छन्।
सम्पर्कविहीन हुनेमा उर्मिला डंगोल, सम्झना श्रेष्ठ, विष्णुमाया डंगोल, विवेक डंगोल, विशेष डंगोल, विहान डंगोल, विष्टता डंगोल, रेजिना डंगोल, रबिना डंगोल र गीता डंगोल रहेका छन्।
परिवारका एक सदस्यका अनुसार उनी आफू हाल जापानमा रहेको र आफ्नै परिवारका १० जना सदस्य एकैपटक सम्पर्कविहीन भएको खबर पाएपछि अत्यन्तै चिन्तित र पीडामा रहेको बताएका छन्।
परिवारले उनीहरूको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको छ। सम्पर्कविहीनमध्ये कसैलाई कतै देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल परिवारजन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरिएको छ।
परिवारले सामाजिक सञ्जालमार्फत पनि उनीहरूको फोटो तथा विवरण सार्वजनिक गर्दै धेरैभन्दा धेरै शेयर गरिदिन अपिल गरेको छ। एउटा शेयरले समेत सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा महत्वपूर्ण सहयोग पुग्न सक्ने परिवारको विश्वास छ।
परिवारजनले आफ्ना आफन्त सकुशल भेटिने आशामा बाटो हेरिरहेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
