राष्ट्रिय समाचार

चिनियाँ विज्ञ टोलीद्वारा रसुवामा सुरुङभित्र फसेका श्रमिकको उद्धारमा प्राविधिक अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकहरूको उद्धारका लागि चीनबाट आएको ६ सदस्यीय विज्ञ टोली परिचालन भएको छ।

लोक कल्याणकारी विज्ञापन

चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाल सरकारको अनुमतिमा नेपाली सेनासँग समन्वय गरी उद्धार कार्यमा प्राविधिक सहयोग सुरु गरेको हो।

लोक कल्याणकारी विज्ञापन

टोलीले सुरुङभित्रको अवस्था, प्राविधिक जोखिम तथा उद्धारको सम्भाव्यताबारे स्थलगत अनुगमन र अध्ययन थालेको जनाइएको छ। सुरुङभित्रको प्रारम्भिक अवस्थाको मूल्याङ्कनपछि आवश्यकताअनुसार रसुवा सीमाक्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञहरूलाई समेत उद्धार कार्यमा परिचालन गरिने बताइएको छ।

बिज्ञापन

सुरुङभित्रको अवस्था जटिल र चुनौतीपूर्ण रहेकाले नेपाली सेना, चिनियाँ विज्ञ टोली तथा सम्बन्धित निकायबीच समन्वय गरी उद्धार प्रयास तीव्र पारिएको छ। फसेका सम्पूर्ण श्रमिकलाई सकुशल बाहिर निकाल्न एकीकृत रूपमा उद्धार अभियान सञ्चालन भइरहेको जनाइएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन