घटना

चाउचाउ (नूडल्स) खाएपछि एकै परिवारका पाँच जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली, १९ अक्टूम्बर । भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोएडामा एकै परिवारका पाँच जना मृत भेटिएपछि घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सुरुमा चाउचाउ (नूडल्स) र चिया खाएपछि परिवारका सदस्यको मृत्यु भएको आशंका गरिए पनि पछिल्लो अनुसन्धानमा विषाक्त पदार्थ र सम्पत्तिसम्बन्धी विवादको कोणसमेत जोडिएको छ।

लोक कल्याणकारी विज्ञापन

भारतीय सञ्चारमाध्यमका अनुसार रबुपुरा क्षेत्रको नगला श्री पदम गाउँमा महेश (३७), उनकी पत्नी ललिता (३५) र तीन छोराछोरी लड्डु (११), मिष्टी (७) र साक्षत (३) शनिबार बिहान घरभित्र मृत भेटिएका थिए। परिवारले अघिल्लो रात नुडल्स र चिया खाएको बताइएको थियो।

लोक कल्याणकारी विज्ञापन

घटनापछि प्रहरीले खाद्य विषाक्तताको आशंकामा अनुसन्धान सुरु गरेको थियो। तर, घटनासँग सम्बन्धित थप विवरण सार्वजनिक भएपछि अनुसन्धान अन्य सम्भावित कारणतर्फ पनि अघि बढाइएको छ। मृतकहरूको शरीरबाट सङ्कलन गरिएका नमुनाको परीक्षणबाट मृत्युको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिज्ञापन

सम्पत्ति विवादको कोणबाट अनुसन्धान

भारतीय सञ्चारमाध्यमका अनुसार महेशको मोबाइलमा भेटिएको भनिएको अडियो सन्देशमा उनले आफ्ना दुई दिदीबहिनी र एक भिनाजुलाई पारिवारिक समस्याका लागि जिम्मेवार ठहर्‍याएको उल्लेख छ। यससँगै परिवारभित्रको सम्बन्ध र सम्पत्तिसम्बन्धी विवादबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

समाचारअनुसार विवादसँग सम्बन्धित तीन आफन्तलाई प्रहरीले पक्राउ गरेको छ। यद्यपि, उनीहरूको संलग्नता र घटनाको वास्तविक कारणबारे अनुसन्धानको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।

चाउचाउ (नूडल्स) कै कारण मृत्यु भएको पुष्टि छैन

परिवारले नुडल्स र चिया खाएको विवरण सार्वजनिक भएपछि खाद्य विषाक्तताको आशंका गरिएको थियो। तर, नुडल्समा विषाक्त पदार्थ मिसाइएको थियो वा अन्य कारणले परिवारका सदस्यको मृत्यु भएको हो भन्ने विषय पुष्टि हुन बाँकी छ।

प्रहरीले घटनासँग सम्बन्धित प्रमाण, मोबाइलमा भेटिएका विवरण तथा प्रयोगशाला परीक्षणका नतिजाका आधारमा अनुसन्धान अघि बढाइरहेको छ।

एकै परिवारका पाँच जनाको मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ। घटनाको वास्तविक कारण र जिम्मेवार व्यक्तिबारे आधिकारिक निष्कर्ष सार्वजनिक भएपछि मात्रै मृत्युको परिस्थितिबारे स्पष्ट हुने देखिन्छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन