अनौठो

छोरा मण्डपबाट भागेपछि ६५ वर्षीय बाबुले गरे २१ वर्षीया युवतीसँग विवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिहार । भारतको बिहारमा छोराले विवाह मण्डप छाडेर भागेपछि ६५ वर्षीय बाबुले आफ्नै छोराकी हुनेवाला दुलहीसँग विवाह गरेका छन्। दुई परिवारको इज्जत जोगाउन रोशन लाल नामका वृद्धले २१ वर्षीया सपना नामकी युवतीसँग विवाह गरेका हुन्।

लोक कल्याणकारी विज्ञापन

घटनाअनुसार रोशन लालका छोराको विवाह सपनासँग तय भएको थियो। विवाहका लागि जन्ती कन्याको घर पुगिसकेको थियो। विवाहको विधि सुरु हुने तयारी भइरहेका बेला रोशनका छोरा अचानक मण्डपबाटै भागे। छोराको अर्कै युवतीसँग प्रेम सम्बन्ध रहेकाले उनले विवाह गर्न अस्वीकार गर्दै मण्डप छाडेको बताइएको छ।

लोक कल्याणकारी विज्ञापन

छोरा भागेपछि दुवै परिवार अन्योलमा परे। जन्ती खाली हात फर्किएमा छोरी पक्षको सामाजिक प्रतिष्ठामा आँच पुग्ने भन्दै कन्या पक्षले विवाह सम्पन्न गर्न आग्रह गरेको थियो। त्यसपछि दुई परिवारको इज्जत जोगाउने भन्दै रोशन लाल आफैँ मण्डपमा बसेर सपनासँग विवाह गर्न तयार भएका हुन्।

बिज्ञापन

अन्ततः ६५ वर्षीय रोशन र २१ वर्षीया सपनाको विवाह सम्पन्न भएको बताइएको छ। छोराको विवाहका लागि जन्ती लिएर पुगेका बाबु आफैँ दुलहा बनेपछि यो घटना चर्चाको विषय बनेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन