पाटेबाघको आक्रमणबाट दुई गाई मरे, एउटा बेपत्ता
लोक कल्याणकारी विज्ञापन

नवलपरासी, , १५ कार्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–५ भेडीगाउँमा पाटेबाघको आक्रमणबाट दुईवटा गाई मरेका छन् भने एउटा गाई बेपत्ता भएको छ।
लोक कल्याणकारी विज्ञापन

कात्तिक १२ गते साँझ करिब ६ बजे स्थानीय छविलाल लामाले सञ्चालन गरेको हिडन भ्याली एग्रो फार्मका गाईमाथि जंगलबाट आएको पाटेबाघले आक्रमण गरेको हो। फार्मका सातवटा गाई स्थानीय बारीमा चरिरहेका बेला बाघले अचानक आक्रमण गरेको जनाइएको छ।
लोक कल्याणकारी विज्ञापन

आक्रमणमा तीनवटा गाई प्रभावित भएका थिए। तीमध्ये दुईवटा गाई घटनास्थलमै मृत अवस्थामा फेला परेका छन् भने एउटा गाई अझै बेपत्ता रहेको छ।
बिज्ञापन

जंगली जनावरको आक्रमणबाट पशुचौपायामा क्षति पुगेपछि भेडीगाउँका स्थानीय तथा पशुपालक किसानमा त्रास बढेको छ। बस्ती आसपास जंगली जनावरको गतिविधि बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

