अनौठो

१७ वर्षीय युवाले बनाए रिमोट कन्ट्रोल जहाज, नाम दिए ‘रोल्पा एयर’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

१५ कात्तिक । रोल्पाका १७ वर्षीय एक युवाले आफ्नै मेहनत र सिर्जनशीलताबाट रिमोट कन्ट्रोल (आरसी) हवाईजहाज निर्माण गरेका छन् । सुनिलस्मृति गाउँपालिका–३, मिझिङका सुनिल विष्टले करिब एक लाख रुपैयाँ खर्च गरेर एक किलोमिटरसम्म उड्न सक्ने जहाज बनाएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विष्टले एक साताको निरन्तर मेहनतपछि उक्त जहाज तयार पारेका हुन् । उनले आफ्नो सिर्जनालाई ‘रोल्पा एयर, मेड इन नेपाल’ नाम दिएका छन् ।

लोक कल्याणकारी विज्ञापन

सीमित स्रोतसाधनका बीच रिसिभर, ट्रान्समिटर र मोटरजस्ता प्रविधिको प्रयोग गरेर जहाज निर्माण गरेका विष्टको यस प्रयासलाई स्थानीयस्तरमा नवीन सोच र प्राविधिक सिर्जनशीलताको उदाहरणका रूपमा हेरिएको छ ।

बिज्ञापन

सानै उमेरमा प्रविधिप्रतिको रुचि र लगनशीलताका माध्यमबाट हवाईजहाज निर्माण गर्न सफल विष्टको प्रयासले ग्रामीण क्षेत्रमा रहेका युवा प्रतिभालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन