कृषि

अविरल वर्षाले टीकापुरका किसानको बालीमा क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १४ कार्तिक । कैलालीको टीकापुर क्षेत्रमा हिजो राति परेको अविरल वर्षाले किसानले लगाएको विभिन्न बालीमा क्षति पुर्‍याएको छ। वर्षाका कारण आलुबारीमा पानी जम्दा आलु खेती प्रभावित भएको छ भने काटेर भित्र्याउन बाँकी रहेको धानबालीसमेत खेतमै डुबेको छ।

लोक कल्याणकारी विज्ञापन

वर्षाले हिउँदे तरकारी खेतीमा समेत असर पुर्‍याएको किसानहरूले बताएका छन्। लामो समयको मेहनत र लगानीपछि उत्पादनको तयारीमा रहेका बालीमा पानी जम्दा किसान चिन्तित बनेका छन्।

लोक कल्याणकारी विज्ञापन

टीकापुर नगरपालिका–४ का कृषक तथा समाजसेवी राजाराम चौधरीका अनुसार वर्षाका कारण आलु, धान र हिउँदे तरकारी खेतीमा क्षति पुगेको छ। वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान भित्र्याउने समयमा खेतमै पानी जम्दा धानबालीमा नोक्सानी भएको उनले बताए।

बिज्ञापन

उनका अनुसार आलुबारीमा पानी जम्दा आलु कुहिने जोखिम बढेको छ भने हिउँदे तरकारी खेतीसमेत प्रभावित भएको छ।

भारतको आन्ध्र प्रदेशबाट सुरु भएको न्यून चापीय मौसमी प्रणालीको प्रभावले भारतका विभिन्न क्षेत्रसँगै नेपालका विभिन्न स्थानमा समेत वर्षा भइरहेको छ। मौसममा आएको परिवर्तनले कृषि क्षेत्रमा प्रत्यक्ष असर पारेपछि किसानहरू थप चिन्तित बनेका छन्।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन