३७ वर्ष सरकारी सेवा गरेका सर्वनन्द चपाई स्वैच्छिक अवकाशमा

टीकापुर, ३० असोज। कैलालीको इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत शाखा अधिकृत सर्वनन्द चपाईले ३७ वर्ष सरकारी सेवा गरेपछि स्वैच्छिक अवकाश लिएका छन्।


चपाईले २०४६ चैत ३१ गते खरिदार पदबाट सरकारी सेवा सुरु गरेका थिए। उनी २०८३ असोज १६ देखि लागू हुने गरी शाखा अधिकृत पदबाट स्वैच्छिक अवकाशमा गएका हुन्।

उनले सरकारी सेवामा रहँदा राष्ट्र र सेवाग्राहीको हितमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै इलाका प्रशासन कार्यालय टीकापुरले सम्मानपत्र प्रदान गरेको छ। कार्यालय प्रमुख एवं उपसचिव तारानाथ पनेरुले असोज २८ गते उनलाई सम्मानपत्र प्रदान गरेका हुन्।


सम्मानपत्रमा चपाईले आफ्नो सेवाकालमा पुर्याएको अनवरत तथा उदाहरणीय सेवाको प्रशंसा गर्दै अवकाशपछिको जीवन सुखद, ऊर्जाशील र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। साथै उनको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।
सरकारी सेवाको खरिदार पदबाट यात्रा सुरु गरी शाखा अधिकृतको जिम्मेवारीसम्म पुगेका चपाईको अवकाशसँगै उनको लामो सरकारी सेवा यात्रा टुङ्गिएको छ।



You must be logged in to post a comment.