२९ वर्षीया युवती र ६५ वर्षीय वृद्धबीच प्रेम विवाह

टीकापुर, १५ कार्तिक । उमेरको झन्डै ३६ वर्षको अन्तरलाई चुनौती दिँदै २९ वर्षीया युवती र ६५ वर्षीय वृद्धबीच प्रेम विवाह भएको छ । नाम सार्वजनिक नगर्न आग्रह गरेका उनीहरूको प्रेम सम्बन्ध अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

एक अन्तर्वार्ताका क्रममा युवतीले आफूले उमेरमा धेरै जेठा पुरुषसँग विवाह गर्नुको कारण माया र आत्मीयता भएको बताएकी छन् । उनका अनुसार एक मेलामा भएको सामान्य भेटघाट र चियापानका क्रममा सुरु भएको चिनजान प्रेममा परिणत भएको थियो । भेट भएको दुई दिनमै उनीहरूले विवाह गर्ने निर्णय गरेका थिए ।

युवतीका अनुसार सामाजिक सञ्जालमा उनीहरूको उमेरको अन्तरलाई लिएर विभिन्न टिप्पणी हुने गरेका छन् । कतिपयले श्रीमान्लाई छाडेर आफूसँग विवाह गर्न प्रस्ताव गर्ने तथा पैसाको प्रलोभन देखाउने गरेको पनि उनले बताएकी छन् ।

तर आफू धनसम्पत्तिका लागि नभई मायाका लागि विवाह बन्धनमा बाँधिएको उनको भनाइ छ । ‘मलाई धनसम्पत्ति चाहिएको होइन, माया चाहिएको हो । त्यो माया उहाँबाट पाइरहेकी छु,’ उनले अन्तर्वार्तामा भनेकी छन् ।
उनीहरूबीच उमेरको अन्तर भए पनि वैवाहिक जीवनमा आपसी जिस्क्याइँ र आत्मीयता रहेको युवतीले सुनाइन् । आफूले कहिलेकाहीँ श्रीमान्लाई ‘बाजे’ र ‘बुढा’ भनेर बोलाउने गरेको तथा श्रीमान्ले आफूलाई ‘कान्छी’ भन्ने गरेको उनले बताइन् ।
सामाजिक सञ्जालमा हुने आलोचनाप्रति उनले सम्बन्धलाई सम्मान गर्न आग्रह गर्दै मन नपरे अपमान नगर्न अनुरोध गरेकी छन् ।


