जन्मदिनमा शिवसेना प्रमुख ठाकरेसँग भेटघाट, अशोक नेपालीले लिए आशीर्वाद

टीकापुर, १९ कार्तिक । शिवसेना नेपालका सम्पर्क प्रमुख तथा समाजसेवी अशोक नेपालीले आफ्नो जन्मदिनको अवसरमा शिवसेना प्रमुख उद्धव बालासाहेब ठाकरेसँग भेटघाट गरेका छन् । भारतको मुम्बईमा बसोबास गर्दै आएका नेपालीले जन्मदिनका अवसरमा ठाकरेसँग भेट गरी आशीर्वाद लिएका हुन् ।


लामो समयदेखि प्रवासमा रहेका नेपालीहरूको सुख–दुःखमा साथ दिँदै आएका नेपाली सामाजिक सेवामा सक्रिय छन् । प्रवासमा रहेका नेपालीलाई आवश्यक सहयोग गर्ने तथा उनीहरूका समस्या र अप्ठ्यारामा साथ दिने काममा उनले निरन्तर योगदान पुर्याउँदै आएका छन् ।

नेपालीले हिन्दूहृदयसम्राट स्वर्गीय बालासाहेब ठाकरेका विचार तथा उद्धव ठाकरेको नेतृत्वबाट प्रेरित शिवसेनाको विचारधाराप्रति सम्मान व्यक्त गर्दै आएका छन् । भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सामाजिक तहबाट पनि योगदान पुर्याउँदै आएको उनको भनाइ छ ।

जन्मदिनका अवसरमा उनलाई सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनको सामाजिक समर्पण, संगठनप्रतिको निष्ठा र भारत–नेपाल सम्बन्धका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै सुस्वास्थ्य, दीर्घायु र निरन्तर सफलताको कामना गरिएको छ ।



You must be logged in to post a comment.