कृषि

टीकापुरमा ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १९ कार्तिक । टीकापुर नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले यसअघि आवेदन माग गरी छनोट गरेका किसानलाई मंगलबारदेखि बीउ वितरण गर्न थालेको हो ।

लोक कल्याणकारी विज्ञापन

नगरपालिकाले विजय, आदित्य, बाडगंगा, एनएल ९७१, जिंक १ र जिंक २ जातका गहुँका बीउ खरिद गरी वितरण गरिरहेको जनाएको छ । सशर्त अनुदानबापत प्राप्त १३ लाख र किसानको १३ लाख गरी २६ लाख रुपैयाँको लागतमा बीउ खरिद गरिएको हो ।

लोक कल्याणकारी विज्ञापन

अनुदानमा गहुँको बीउ पाएपछि किसानले खुसी व्यक्त गरेका छन् । टीकापुर नगरपालिका–४ का खुशीराम चौधरीले आधा मूल्यमा बीउ पाउँदा खेती गर्न सहज भएको बताइन् ।

बिज्ञापन

टीकापुर नगरपालिका–२ की आशा बिष्टले अनुदानमा बीउ उपलब्ध गराउँदा किसानलाई राहत पुगेको बताइन । उनले गहुँको बीउसँगै रासायनिक मलको पनि व्यवस्था गरिदिए किसानलाई थप सहज हुने सुझाव दिए ।

नगरपालिकाका अनुसार बीउ वितरणको काम कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन