नयाँ दिल्लीमा प्रवासी नेपालीले धुमधामका साथ मनाए विजया दशमीको सराय नाच

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा बसोबास गर्दै आएका नेपालीहरूले विजया दशमीको अवसरमा परम्परागत सराय नाच धुमधामका साथ सम्पन्न गरेका छन्।


प्रवासी नेपालीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो। राजु नेपालीको निर्देशनमा प्रस्तुत सराय नाचले नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई उजागर गरेको थियो।

दसैंको अवसरमा विशेषगरी नेपालका पश्चिमी क्षेत्रका जिल्लाहरूमा प्रचलित सराय नाच देवी भगवतीको विजय उत्सवसँग जोडिएको सांस्कृतिक परम्परा हो। बाजागाजासहित सामूहिक रूपमा नाचिने यस नाचले वीरता, एकता र धार्मिक आस्थाको सन्देश दिने विश्वास गरिन्छ।


विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन प्रवासी नेपालीहरूले आयोजना गरेको यस कार्यक्रमले नेपाली पहिचानको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याएको छ। यस्ता सांस्कृतिक गतिविधिले विदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र भाइचारा कायम गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।



You must be logged in to post a comment.