टीकापुरमा चोरीका घटना बढ्दै, स्थानीय सुरक्षा व्यवस्थामाथि प्रश्न
लोक कल्याणकारी विज्ञापन

टीकापुर, ११ कार्तिक । कैलालीको टीकापुर नगरपालिका–१, ब्लक नम्बर १४ स्थित मुक्तिनाथ रेग्मीको घरमा चोरी भएको छ। सोमबार राति घरमा चोरी भएको खबर सार्वजनिक भएको हो।
लोक कल्याणकारी विज्ञापन

टीकापुरमा पछिल्लो समय लगातार चोरीका घटना भइरहेका खबर सार्वजनिक भइरहेका बेला रेग्मीको घरमा भएको चोरीले स्थानीयवासीमा सुरक्षा चिन्ता थपिएको छ। चोरीका घटना दोहोरिन थालेपछि स्थानीय सुरक्षा व्यवस्था र चोरी नियन्त्रणका लागि भइरहेका प्रयासमाथि प्रश्न उठ्न थालेको छ।
लोक कल्याणकारी विज्ञापन

स्थानीय क्षेत्रमा चोरीका घटना रोक्न सुरक्षा निगरानी बढाउनुपर्ने र यस्ता घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

