प्रवासबिश्व

प्रवासी नेपाली संघको सम्मेलन सम्पन्न अध्यक्षमा जनक खड्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

डिसेम्बर १९ मुम्बई प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिको आठौं सम्मेलन मुम्बईको अधेरी स्थित गुंदवली मुम्बई पब्लिक स्कुलमा आइतबार सम्पन्न भएको हो।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य प्रवास इन्चार्ज हरि घिमिरे को प्रमुख आतिथ्यमा सम्पन्न भएको संघको आठौं सम्मेलनमा ,वशिष्ठ अथिती प्रवासी नेपाली संघका केन्द्रिय संयोजक लोक नाथ भण्डारी रहनु भएको थियोे भने अन्य अथिती हरुमा केन्द्रिय उपाध्यक्ष डम्बर रावल ,राज्य इन्चार्ज तथा केन्द्रिय सचीव गिरिराज बेलवासे ,केन्द्रिय सचिवालय सदस्य टेक रावल ,भिम खड्का,अन्य संघ संगठन बाट इश्वरी भन्डारी ,गोमा ढकाल ,लगाएत को उपस्थिति रहेको सम्मेलनमा सास्कृतिक कार्यक्रम मार्फत उपस्थित दर्शक हरुलाइ भारत प्रवासमा रहेर पनि निकै मनोरञ्जन भएको उपस्थित दर्शक हरुले मालिका समाचारका प्रवास प्रतिनिधि लाई बताए ।

बिज्ञापन

सास्कृतिक कार्यक्रम केन्द्रय सदस्य लोकेश बडुवालको नेतृत्वमा नेकपा एमालेका गित हरुमा कलाकार हरुले नृत्य गरेका थिए कार्यक्रम रोचक भब्य र सब्यका सम्पन्न भयो ।
जनक खड्काको अध्यक्षतामा ९९ सदस्य रहने गरि राज्य समिति सर्वसम्मत चैन भएको हो जसमा अध्यक्ष जनक बहादुर खड्का ,वशिष्ठ उपाध्यक्ष महेन्द्र शाही,उपाध्यक्ष पदम बम ,उपाध्यक्ष प्रेमराज भण्डारी ,उपाध्यक्ष प्रेम शाही,उपाध्यक्ष रमेश कुवर सचीव :- भिम बराल सहसचिव रतन चलाउने,सहसचिव केशर कुवर ,सह सचीव पदम बिस्ट ,सह सचीव कुमार सारु,सहसचिव राजेन्द्र खड्का
कोषाध्यक्ष :- मुकेश कुवर ,सहकोषाध्यक्ष मोहन खड्का ,सह कोषाध्यक्ष चुमा त्रामु,सह कोषाध्यक्ष जंग बिक ,सह कोषाध्यक्ष अम्मर पुन यसै गरि अनुशासन विभाग शालिमान बिक संगठन विभाग झप्पर कडारा ,लेखा विभाग तिक शाही,सास्कृतिक विभाग – घनश्याम सिंजाली,साहित्यिक विभाग – टोप बहादुर कुवर ,सम्पर्क सम्बन्ध विभाग – रिम ढुंगाना रहने गरि २५ जना पद्दाधिकारी रहेका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।