राष्ट्रिय समाचार

विद्युत् नहुँदा कुटानी–पिसानी गर्न घट्टकै भर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कालीकोटको नरहरिनाथ गाउँपालिकाका वासिन्दा कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन्  ।

लोक कल्याणकारी विज्ञापन

रहगाड खोलामा परम्परागत पानी घट्ट रहेका छन् । विद्युत्को सुविधा नभएको गाउँपालिकामा कुटानी–पिसानीका लागि आधुनिक मिल अहिलेसम्म छैन ।  

लोक कल्याणकारी विज्ञापन

नरहरिनाथ–८ खुलालुदेखि वडा नम्बर ९ लालु, ५ को रुप्सा र ७ को उच्छवसम्म पानीघट्ट छन् । नरहरिनाथ–९ लालुमा स्थित जनप्रभात माविका सहायक प्रधानाध्यापक मीनबहादुर रावलले भने, ‘खुलालुदेखि लालु, माल्कोट र रुप्सासम्म रहेको रहगाड खोलामा पराम्परागत पानीघट्ट रहेका छन् ।’

बिज्ञापन

आधुनिक मिल नहुँदा गहुँ, कोदो, मकै पीठो बनाउनका लागि पराम्परागत पानी घट्टको प्रयोग हुँदै आएका कारणले एउटै खोलामा धेरै पानी घट्ट भएको नरहरिनाथ–१ कोटबाडाका स्थानीय कटबहादुर विष्टले बताए । ‘नरहरिनाथ गाउँपालिकामा ५ वटा गाउँ रहेका छन् । लालु, माल्कोट, रुप्सा, कोटवाडा र कुमालगाउँ यहाँका सबैले कुटानी–पिसानीका लागि घट्टको प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘त्यसैले रहगाड खोलामा धेरै पानीघट्ट रहेका हुन् ।’

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन