विकास

काठमाडौ उपत्यकाका विद्यालय खुले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

माघ ,४
कोरोना महामारीका कारणले लामो समयदेखि अनलाइन कक्षामा पढदै आएका काठमाडौं उपत्यकाका विद्यार्थी आइतबारदेखि विद्यालय आउन थालेका छन् ।

लामो समय बन्द भएका धेरै विद्यालयले असारबाट अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए । आइतबारदेखि विद्यालयमै भौतिक उपस्थितिमा पढाइ सुरु भएको हो ।

बिज्ञापन

विद्यालयमा अनिवार्य मास्क लगाउने गरिएको छ । विद्यार्थीहरुका तापक्रम जाँच गर्नेदेखि कक्षा कोठामा भौतिकदुरी कायम गरेर पठनपाठन गराउने अभ्यासलाई पनि विद्यालयले पछ्याएका छन् ।

ग्रामिण र सहरी क्षेत्रका विद्यालय भने पुसबाटै खुलेपनि काठमाडौ उपत्यकाका विद्यालयहरुले अनलाइनबाटै कक्षा सञ्चालन गर्दै आएका थिए । उपत्यकाका स्थानीय तहले माघ १ बाट विद्यालय खोल्ने अनुमति दिएसँगै धेरै विद्यालय आइतबारदेखि खुलेको।

करिब १० महिनापछि विद्यालयमा आउँदा विद्यार्थी हर्षित छन् । अभिभावक पनि हर्षित नै भएर विद्यार्थीलाई विद्यालयमा पठाइरहेका छन्,’निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply