अत्यधिक चिसो बढेपछि पश्चिम नवलपरासीमा विद्यालय बन्ध

माघ ,५
परासीमा अत्यधिक चिसो बढेपछि पश्चिम नवलपरासीमा निजी तथा आवासीय विद्यालय तीन दिनका लागि बन्द गरिएका छ्न ।

यसरी दिउँसोसम्म हुस्सु लाग्दा हिँडडुलमा समस्या पर्ने र बालबालिकालाई विद्यालय आउनजान अप्ठ्यारो हुने भएकाले आइतबारदेखि मंगलबारसम्म पठनपाठन बन्द गरिएको प्याब्सनका जिल्ला अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए ।
यस्तैगरी मानिसहरू चोकचोकमा आगो तापेर बसिरहेका छन् । अत्यावश्यक कामबाहेक मानिसहरू घरबाट टाढा गएका छैनन् ।
जिल्लामा ९६ वटा निजी विद्यालय छन् । बाक्लो हुस्सुले विद्यालय बस चलाउनसमेत जोखिम भएपछि केही दिनका लागि जाडो बिदाका रूपमा विद्यालय बन्द गरिएको हो । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ ।
जिल्लामा सोमबार बिहान १२ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
