विकासस्वास्थ तथा सरसफाइ

वन भोज स्थलको उचित व्यवस्थापन नहुदा आन्तरिक पर्यटक को असन्तुष्टि

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चैत्र १२ कैलाली
कैलाली जिल्लाको गोदावरी नगरपालिकामा रहेको वन भोजस्थलको उचित व्यावस्थापन नहुदा त्यहाँ आउने पर्यटक हरुले असन्तुष्टि व्यक्त गरेका छन्।
विभिन्न ठाउँबाट उक्त क्षेत्रमा पुगेका व्याक्ती हरुबाट आएको कुरा हरुलाई हामीले जस्तको तस्तै राखेका छौ।

->पतंजली योग टीकापुरको वन भोजकार्यक्रममा गोदावरी पुगेका स्याम पाण्डे भन्नु हुन्छ: स्थानीय सरकार अथवा प्रदेश सरकार ले खानेपानीको उचित व्यवस्थापन गर्नु पर्ने बस्ने स साना घर चौतारा हरु बनाई तारवार तथा नदि क्षेत्र तटबन्धन गर्दै सुन्दर पर्यटकीय स्थल बनाउनु पर्ने र यातायात बाटोको सुविधा सहित विरुवा ,फुल, बगैचा सहितको सदावहार रमणीय स्थल पनाउनु पर्नेकुरा मालिका समाचारलाई बताए ।

बिज्ञापन

->धनगढी उपमहानगरपालीका बाट वन भोज मनाउन पुगेका राजेन्द्र सिह बेलार भन्नु हुन्छ गोदावरी नगरपालिकाले उक्त क्षेत्रको उचित वयवस्थापन गरे नगरपालिकको आमदानीको स्रोत पनि बन्ने कुरा भन्दै नगरपालीका को ध्यान नपुगेको बताए ।

त्यसैगरी आइ एम इ लाइफ इन्सुरेन्स कम्पनि लिमिटेड लम्की बाट त्यहाँ पुगेका इन्द्रलाल जोशीले व्यवस्थित सार्वजनिक सौचालय बनाइ दिएकोभए वातावरण सफा हुने बताए । आइएम इ लाइफ इन्स्योरेन्स बाटै त्यहीँ पुगेका अर्का प्रतिनिधि तुलक्षी देवकोटाकाले मदिरा सेवन गरेर सिसाका बोतल फुटाइ यत्रतत्र फालेको हुनाले अलिकति लापरबाही गरे काच खुट्टामा गाडिने बताए ।

उक्त स्थानमा रहेको नदीमा पानीका बोतल ,पलास्टिक ,लगायत त्यहाँ वनभोजमा आयका व्यक्तिहरुले प्रयोग गरेका विभिन्न प्रकारका फ़ोहोर हरु यत्रतत्र फालेको हुनाले र एकै ठाउँमा नुहाउने गरेको ,खसी बाख्रा हरु काटेर धुने गरेको हुनाले शाकाहारी व्याक्ती हरुलाइ उचित वातावरण नरहेको पतंजली योग कैलाली जिल्ला अध्यक्ष शोभा ज्ञावालीले मालिका समाचारलाई बताउनु भयो।

उक्त क्षेत्रमा भारत लगायत नेपालको विभिन्न ठाउँबाट भ्रमण भर्ने वनभोज गर्ने तिर्थको रुपमा रहेको हुनाले श्रदालु हरु तथा विवाह बर्तवन्ध गर्ने ठाउँ पनि रहेको हुनाले गोदावरी नगरपालिकाको नाम नै त्यो स्थानको नामबाट नामाकन गरेको भएता पनि वयवस्था पन भने प्रभावकारी देखिएको छैन।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply