सहयोग तथा उदारस्वास्थ तथा सरसफाइ

कोभिड बाट मृत्यु भएका परिवारलाई टीकापुरनगरपालिको समवेदना स्वरुप १०हजार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर १७ जेठ कैलाली जिल्ला टीकापुर नगरपालिका क्षेत्र भित्र कोरोना भाइरसका कारण मृत्यु भएका परिवार हरुलाइ समवेदना स्वरुप १०हजार नगद हस्तान्तरण गरेको छ।

टीकापुर नगरपालिका वडा नम्बर १ देखी वडा नम्बर ९ सम्म कोभिडका कारण मृत्यु भएका २६ परिवार हरुलाइ नगर प्रमुख तपेन्द्र रावल को नेतृत्वमा उप प्रमुख केशरी बिष्ट ,प्रशासकिय प्रमुख मोहन अर्याल , स्वास्थ शाखा प्रमुख बलबहादुर रावल ,सम्बन्धि वडाका वडा अध्यक्ष ,मालीका समाचारका संचालक प्रेम भट्टराई “राष्ट्रप्रेमी”लगायतको को उपस्थितिमा नगरपालिका भित्रका नम्बर १ देखी ९ सम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका २६ जना मृतकका घर “घरमा पुगि समवेदना सहित सान्त्वना दिन १० हजार नगद मृतकका आफन्तलाई हस्तान्तरण गरेको हो।

बिज्ञापन

लाख कोशिशका बाबजुद कोरोनालाई जित्न असफल रहेर मृत्यु भएका मृतकका घर परिवारले अनिवार्य रुपमा पि सि आर टेस्ट गर्नुपर्ने नगर प्रमुख तपेन्द्र रावलले जानकारी गर्नु भयो । साथै गाउँ घरमा रहेर कोरोनाका लक्षण देखिएका हरु पनि नगरपालिकाको स्वस्थ्य शाखा संग समन्वय गरि हप्ताको सोमबार र बिहीबार नगरबिकासको गेस्ट हाउस (पुरानो वडाकार्यलय )मा पिसिआर टेस्ट गर्ने गरेको र टीकापुर अस्पतालमा हरेक दिनको एक पटक गर्ने गरेको स्वास्थ साखा प्रमुख बलबहादुर रावलले बताए । समाचार संबंधित थप फोटा हरु ⬇️🔴

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

Leave a Reply