फोहोर बढारेर राजनीति सुदृढीकरणको संकेत गर्दै राष्ट्रिय युवा संघ नेपाल

सनिवार राष्ट्रिय युवा संघ टीकापुर नगरकमीटीले टीकापुर नगरपालिका-२मा रहेको आखा अस्पतालमा सरसफाइ कार्यक्रम गरेको छ।
प्रकाश खत्रीको संयोजनमा भएको सरसफाइ कार्यक्रमले देशमा देखिएको राजनीति फोहोर लाई सफा गर्दै देशमा सुदृढीकरण ल्याउने अभियान पनि रहेको संघका केन्द्रिय सदस्य नवराज ठकुला ले बताए ।

पार्टीका जिल्ला सदस्य श्याम खत्री ,उमेश तुलाचन ,दिपक रावल ,तेज बोहरा ,प्रकाश खड्का ,नगर अध्यक्ष धुर्ब खत्री,सचीव विजय सार्की नगर सदस्य बम ओली, वडा १ अध्यक्ष भुपेन्द्र साउद ,वडा नम्बर २का पार्टीका वडा अध्यक्ष
पदम टमट्टा,राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य जिवन रावल , जीवन गौचन ,प्रकाश शाह, जिल्ला सदस्य गणेश चन्द,जिल्ला सदस्य सागर शाहको उपस्थिति रहेको थियो ।

त्यसैगरि टीकापुर बहुमुखी क्यापस कृषी संकाय अनेरास्ववियुका अध्यक्ष हेम राज जोशी ,उपाध्यक्ष योगेश थापा ,योगेश नौन्याल, सचिव पुस्प राज भट्ट हिमन्सु शेखर ,मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष प्रमोद कु शाह , प्राकृतिक स्रोत वयवस्थापन कलेज टीकापुर कैलालीका का.वा अध्यक्ष सरोज चौधरी ,लगायतको उपस्थितिमा टीकापुर नगरपालिका वडानम्बर २ मा रहेको आखा अस्पताल परिसरमा भएको फोहोर सफागरेर देशमा बर्तमान परिस्थितिमा भएको राजनीति फोहोर लाई बढार्दै विकास निकास समृद्धिमा मार्गमा लैजाने संकेत पनि यही कार्यक्रम बाट गरेको उपस्थित नेता कार्य कर्ता हरुको भनाइ रहेको थियो ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.