आस्था /आध्यात्म

गौहत्या विरोधमा माइतीघरमा प्रदर्शन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । विश्व हिन्दू परिषद नेपालले काठमाडौंको माइतीघरमा गौहत्याको विरोधमा प्रदर्शन गरेको छ ।

परिषद समर्थकहरुको बाक्लो उपस्थितिमा धरानमा गौहत्या गरिएको विरोधमा प्रदर्शन गरिएको हो । उनीहरुले ‘गौ हत्यारालाई कारबाही गर’, ‘राष्ट्रिय जनवार गाईको संरक्षण गर’, ‘गाई हाम्री माता हुन्’, ‘हाम्रो धर्म संस्कृति प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनमा करिब ५०० जनाकाे सहभागिता थियाे ।

बिज्ञापन

गत साउनमा धरानमा गोरु काटेर सार्वजनिक भोज आयोजना गरी सामाजिक सञ्जालमा भिडिओ हालिएपछि त्यसमा संलग्नलाई कारबाहीको माग हुँदै आएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।